Breaking syndicate van
9:45 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
नयाँ प्रालिका गाडीले बजार लिन थालेपछि पुराना यातायात समितिहरूले समेत डिलक्स र एसी गाडीहरू सञ्चालन गर्न थालेका छन् । सिन्डिकेट तोडिएपछि यात्रुहरूले रोजीरोजी सुविधाजनक र आरामदायी गाडीमा यात्रा गर्न पाइरहेका छन् । एकलौटी रूपमा गाडी सञ्चालन गर्दै आएका पुराना यातायात व्यवसायी समितिहरूले नयाँ प्रालिलाई अवरोध, आक्रमण र तोडफोड गर्दा पनि सिन्डिकेट कायम हुन सकेन । सिन्डिकेट तोदडा पुरानाको आक्रमणबाट यातायात व्यवसायीका साथै यात्रुहरूसमेत घाइते भए ।
राप्तीमा एक वर्षमा नौ वटा नयाँ यातायात प्रालि दर्ता भएका छन् । दाङमा मालिका कालिका, पाण्डवेश्वर, दाङ र तुलसीपुर गरी चार, रुकुममा रुकुम यातायात, प्रफी र सानोभेरी, सल्यानमा सल्यान मालवाहक यातायात र रोल्पामा रोल्पा यातायात प्रालि दर्ता भएका छन् । दुर्गम गाउँबाट समेत काठमाडांै जान डिलक्स गाडीहरू सञ्चालन भइरहेका छन् । राप्तीको पुरानो यातायात समिति राप्ती सार्वजनिक बस व्यवसायी समितिले अहिले दाङका हापुरे, डुरुवाजस्ता ग्रामीण भेगबाट समेत काठमाडांैका लागि डिलक्स गाडीहरू चलाउन थालेको समितिका अध्यक्ष सुरेश हमालले बताए । प्रतिस्पर्धा बढ्दै गएपछि राप्ती समितिले दाङबाट भारतको नयाँ दिल्ली समेत बस सेवा सञ्चालन गर्न थालेको छ ।
रोल्पाको माडीचौर र घर्तीगाउँबाट समेत काठमाडौंमा सुविधाजनक रात्रि गाडीहरू चल्न थालेका छन् । रोल्पा प्रालिले एसी गाडीहरू चलाउन थालेपछि पुरानो जलजला समितिले पनि सुविधानजनक गाडीहरू चलाउन थालेको छ । दाङबाट राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, सल्यानबाट सल्यान रुकुम यातायात, रुकुमबाट सिस्ने हिमाल समिति र रोल्पामा जलजला यातायात समितिले मात्रै काठमाडांैमा गाडी सञ्चालन गर्दै आएकामा दाङबाट मालिका कालिका र रुकुमबाट रुकुम यातायात र प्रफी यातायात तथा रोल्पामा रोल्पा यातायात प्रालिले पनि थालेपछि पुरानालाई पनि प्रतिस्पर्धामा उत्रन नयाँ गाडी चलाउनुपर्ने बाध्यता भएको छ ।
प्रालिबाहेक हालसम्म राप्तीमा ९ यात्रुवाहक र ५ मालवाहक गरी १४ यातायात समितिहरू क्रियाशील छन् । दाङमा यात्रुवाहक ४ र मालवाहक ५, सल्यानमा २ यात्रुवाहक, प्यूठान, रोल्पा र रुकुममा एकएक यात्रुवाहक समितिहरू क्रियाशील छन् । प्रहरीले राप्तीमा एक वर्षमा सिन्डिकेटका कारण यातायातका साधनमा ढुंगा प्रहार गर्ने आठ जनालाई पक्राउ गरी सार्वजनिक अपराधअन्तर्गत कारबाही गरेको छ । दाङमा ४, सल्यान ३ र रोल्पामा एक जना पक्राउ परेका थिए । गत वर्ष तिहारदेखि पहिलोपटक रुकुम यातायात प्रालिले सिन्डिकेट तोड्ने प्रयास गरेको थियो । रुकुम यातायात प्रालिपछि राप्तीमा मालिका कालिका यातायात प्रालिले डिलक्स गाडी चलाउन थाल्यो । गाडी जिल्ला भित्र्याउँदै गर्दा नै बाटोमा आक्रमण भयो । पाँचवटा नयाँ गाडीमा ढुंगामुढा भयो । गाडीको औपचारिक सुरुवात गर्ने कार्यक्रममा अवरोध भयो । लामो दबाब र प्रहारपछि दाङ यातायात प्रालि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा विलय भएको छ । उसले सबै गाडीहरू राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमार्फत चलाइरहेको छ । अन्य समितिहरू भने प्रालिका रूपमा छुट्टै चलिरहेको मालिका कालिका यातायात प्रालिका अध्यक्ष सुमन पोख्रेलले बताए ।
सुविधा थप्न प्रतिस्पर्धा
गत वर्ष कात्तिक १६ देखि यातायात सञ्चालन गरेको रुकुम यातायात प्रालिका गाडीहरू सिन्डिकेट पक्षधरबाट २१ पटक तोडफोडमा परे । जति तोडफोड भए पनि प्रालिले यातायात सञ्चालन गरिरह्यो । राप्तीबाट पहिलोपल्ट प्रालि दर्ता गरी सुविधायुक्त गाडी सञ्चालन गर्ने र सिन्डिकेट तोड्ने काम रुकुम प्रालिमार्फत सुरु भयो । यो वर्ष प्रफी यातायात प्रालि र सानोभेरी यातायात सेवा समितिमार्फत सुविधायुक्त गाडी सञ्चालनमा आएका छन् । सिस्ने हिमाल समितिले पनि सुविधायुक्त गाडीहरू सञ्चालन गर्न थालेको छ ।
गत वर्ष कात्तिक १६ देखि यातायात सञ्चालन गरेको रुकुम यातायात प्रालिका गाडीहरू सिन्डिकेट पक्षधरबाट २१ पटक तोडफोडमा परे । जति तोडफोड भए पनि प्रालिले यातायात सञ्चालन गरिरह्यो । राप्तीबाट पहिलोपल्ट प्रालि दर्ता गरी सुविधायुक्त गाडी सञ्चालन गर्ने र सिन्डिकेट तोड्ने काम रुकुम प्रालिमार्फत सुरु भयो । यो वर्ष प्रफी यातायात प्रालि र सानोभेरी यातायात सेवा समितिमार्फत सुविधायुक्त गाडी सञ्चालनमा आएका छन् । सिस्ने हिमाल समितिले पनि सुविधायुक्त गाडीहरू सञ्चालन गर्न थालेको छ ।
रुकुमबाट दैनिक ४ वटा सुविधायुक्त गाडीहरू काठमाडौंका लागि छुट्ने गरेका छन् । रुकुम प्रालिले नेपालगन्जसम्म पनि डिलक्स गाडीहरू सञ्चालन गरिरहेको छ । सिन्डिकेट तोडिएका कारण नयाँ र सुविधासम्पन्न बसहरू सञ्चालन गर्न व्यवसायीको प्रतिस्पर्धा बढिरहेको रुकुम प्रालिका अध्यक्ष केशव रावलले बताए । ‘सिन्डिकेट तोड्नु ठूलो चुनौती थियो । यात्रुहरूलाई प्रवाह गर्ने सेवा पनि बिस्तार भइरहेका छन्,’ अध्यक्ष रावलले भने, ‘हाम्रो लक्ष्य नै यात्रुका लागि सुविधायुक्त यात्रा हो ।’ नयाँ गाडीहरूमा हिटर, फ्यान, मोबाइल चार्जर, एलईडी टीभी, वाइफाइका सुविधाहरूले यात्रुहरू आकर्षित भएको सानोभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले बताए । ‘हामीलाई पनि सुविधा कसरी बढाउने भन्ने प्रतिस्पर्धा छ,’ उनले भने, ‘यात्रुको सुविधा थपिँदै छ, सिन्डिकेट तोडिँदै छ । व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धा भइरहेको छ ।’ साधारण गाडीभन्दा २० प्रतिशत बढी भाडा दर कायम भए पनि यात्रुहरू सुविधायुक्त गाडीमै चढ्ने गरेको उनले जनाए । डिलक्स र मिनी डिलक्स गाडीहरू सञ्चालन भएपछि पुराना गाडीहरू दाङ–रुकुम रुटमा मात्र सञ्चालन हुन थालेको यातायात समितिले जनाएका छन् । जिल्लाबाहिर मात्र होइन, जिल्लाभित्र पनि सुविधायुक्त साना गाडीको प्रतिस्पर्धा चलेको छ । ग्रामीण क्षेत्रमा सञ्चालन हुने जिपहरू एक वर्षभित्र निर्माण भएका सञ्चालन हुन थालेको हुन् ।
सिन्डिकेट तोड्न अत्याधुनिक गाडी
बिरामीका लागि अक्सिजनसहितको सिटको व्यवस्था, ओछ्यानजस्तै बेड र जीपीएस जडान गरिएका सुविधा सम्पन्न अत्याधुनिक गाडी भित्रिरहेका छन् । नयाँ व्यवसायीहरूले यात्रुलाई सुविधा दिने भन्दै अत्याधुनिक गाडी सञ्चालन गरी सिन्डिकेट तोड्न सफल भएका छन् । सुविधा दिएपछि नयाँ यातायात व्यवसायी समितिले सर्वसाधारणको साथ पाएका छन् । जसका कारण पुराना समितिको दबदबा र हालीमुहालीलाई तोड्न सहज भएको छ ।
बिरामीका लागि अक्सिजनसहितको सिटको व्यवस्था, ओछ्यानजस्तै बेड र जीपीएस जडान गरिएका सुविधा सम्पन्न अत्याधुनिक गाडी भित्रिरहेका छन् । नयाँ व्यवसायीहरूले यात्रुलाई सुविधा दिने भन्दै अत्याधुनिक गाडी सञ्चालन गरी सिन्डिकेट तोड्न सफल भएका छन् । सुविधा दिएपछि नयाँ यातायात व्यवसायी समितिले सर्वसाधारणको साथ पाएका छन् । जसका कारण पुराना समितिको दबदबा र हालीमुहालीलाई तोड्न सहज भएको छ ।
‘यात्रु सकेसम्म बढी सुविधा र सहजता खोज्छ । त्यसैलाई आधार बनाएर हामीले अत्याधुनिक बस सञ्चालन गरेका छौँ,’ केही दिनअघि मात्रै अत्याधुनिक बस सेवा सञ्चालनमा ल्याएका भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरी भन्छन्, ‘हाम्रा लागि सबैथोक यात्रु हुन् । जति धेरै सुविधा दिन सक्यो त्यति नै हामी सफल हुन्छौँ ।’ एसी, बिरामीका लागि अक्सिजनसहितको सिट, जीपीएस प्रविधि जडान गरिएको बस सञ्चालनमा ल्याउँदा कृष्णसार बस व्यवसायी समितिले अवरोध गर्यो । अवरोधको विरोधमा सर्वसाधारणसमेत उत्रिएका थिए । बर्दियाको राजापुरबाट अक्सिजनसहित बिरामी काठमाडौं पुर्याउने सेवा पहिलोपल्ट प्रालिले गरेका कारण सर्वसाधारणको साथ पाएको हो ।
त्यस्तै, भेरी अञ्चल टेम्पो, जिप, भ्यान यातायात व्यवसायी संघले नेपालगन्ज–जुम्लाका लागि अत्याधुनिक साना सवारी सधान सञ्चालनमा ल्याएको छ । त्यसको विरोधमा ठूला यातायात व्यवसायीहरू लागेका छन् । नेपालगन्जस्थित अञ्चल यातायात कार्यालयले १४ सिटभन्दा कमको सार्वजनिक सवारी साधन टाटासुमोलाई कर्णालीका लागि रुट परमिट खारेज गरेको थियो । एसीसहितको अरामदायी सिट र आफ्नो अनुकूल यात्रा गर्न सक्ने भन्दै यात्रुहरू त्यसैलाई मन पराएका छन् । संघले सन् २०१६ मै बनेको अत्याधुनिक गाडीहरू सञ्चालनमा ल्याएको छ । ‘एसी र वाइफाइ हुने नै भए । त्यससँगै सिटभन्दा बढी यात्रु नराख्ने, बाटोमा नरोक्ने भएकाले यात्रुले हाम्रो सेवा मन पराएका छन्,’ संघका अध्यक्ष भीमसिंह ढकाल भन्छन्, ‘यात्रुहरूको अनुकूल सेवा दिएका छौं । यात्रुलाई समयको बचत र सास्ती खेप्नुपरेको छैन ।’
भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगन्जका सूचना अधिकारी सीताराम खनालले अत्याधुनिक सेवाका गाडीहरू भित्रिन क्रम बढेको बताए । सुपर लकजरीयस दर्ताका लागि पनि निवेदन परेको उनको भनाइ छ । ‘यातायात व्यवसायीबीच प्रतिस्पर्धा बढेकाले नयाँनयाँ सुविधा सम्पन्न गाडी भित्रिनु स्वाभाविक हो । यसो हुँदा सर्वसाधारणले बढी सुविधा पाउने छन्,’ उनले भने । नेपालगन्जमा भेरी अञ्चल यातायात व्यवसायी संघ, बागेश्वरी लगायतका एक दर्जन समिति छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments