A flexible law firm of the country returning to winning his death Nepali youth

11:54 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
A flexible law firm of the country returning to winning his death Nepali youth

साउदी अरबलाई कडा कानुन भएको देशको रूपमा चिनिन्छ । त्यही देशमा एउटा लचिलो व्यवस्था भइदिँदा अदालतबाटै मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाएका छन्। 

यसरी ‘जीवनदान’ पाएका छन् पाङराङ ७, पर्वतका उत्तम कुँवरले । उत्तमलाई साउदीको अदालतले आफ्नै सहकर्मीको हत्या गरेको भन्दै मृत्युदण्डको फैसला सुनाएको थियो । कुँवरले ३० सेप्टेम्बर २००९ मा कम्पनीको बासस्थानमा आफ्नै सहकर्मी बलीचौर ७, बागलुङका विष्णुप्रसाद घिमिरेको हत्या गरेका थिए । आफूले फ्रिजमा राखेको एक बोत्तल वियर घिमिरे खाइदिएको निहुँमा भएको झगडा बढदै जाँदा कुँवरले उनको हत्या गरेका थिए। 

अदालतले सार्वजनिक कानुनअनुसार कुँवरलाई मृत्युदण्डको फैसला सुनाएको थियो । अदालतले ब्यक्तिगत कानुनअन्तर्गत पीडित पक्षको धारणा मागेको थियो । यसमा पीडित घिमिरेको परिवारले कुँवरलाई माफी दिएको थियो । कुँवरले ब्लडमनि बापत घिमिरेको परिवारलाई ११ लाख ७५ हजार रुपैयाँ बुझाएका थिए। 

पीडित पक्षले माफी दिएको भन्ने व्यहोरा पाएपछि नेपाली दूतावासले अदालतमा गएर कुँवरलाई माफी दिन अनुरोध गरेको थियो । दूतावासको अनुरोधपछि अदालतले उनको मृत्युदण्डको फैसलालाई माफीमा परिणत गरिदिएको हो । - See more at: http://www.dcnepal.com/news/news.php?nid=237391#sthash.9QcUgyHE.dpuf
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images