Katarako Nepal in transit to or come as welcome news to passengers!
कतार सरकारले दोहा हुँदै यात्रा गर्ने पाँच घण्टाभन्दा बढी समय ट्रन्जिट परेका यात्रुहरुलाई चार दिनको फ्री भिसा दिने भएको छ ।
हमाद अन्तराष्ट्रिय विमानस्थलमा ट्रान्जिट परेका यात्रुले आफ्नो आगामि यात्रको प्रमाण पेश गरेपछि अध्यागमले एयरपोर्टमै भिसा प्रदान गर्ने जनाइएको छ ।
यस अन्र्तगत सबै राष्ट्रका नागरिकलाई प्रदान गरिने कतारले जनाएको छ । कतारको गृह मन्त्रालय, पर्यटन मन्त्रालय र कतार एयरवेजले सेप्टेम्बर २७ को विश्व पर्यटन दिवसको अवसरमा संयुक्तरुपमा यस्तो घोषणा गरेका हुन् ।
कतार एयरवेजका सिइओ अकबर अल बेकरले एयरलायन्सले दोहाको बुकिङको मूल्यसमेत घटाउनेबारे सोचिरहेका जनाएका छन् ।
नयाँ नियमअनुसार अव चार दिनभन्दा बढि समय बस्नुपर्ने यात्रुले मात्र भिसा आवेदन दिनुपर्ने छ । यसअघि ८ घण्टाभन्दा धेरै ट्रान्जिट हुनेले मात्र ट्रान्जिट भिसा पाउने गरेका थिए । नयाँ नियमअनुसार अब त्यसलाई घटाएर ५ घण्टाभन्दा धेरै बस्नेलाई पनि स्वतः भिसा दिइने भएको छ ।
कतारले आफ्नो देशमा पर्यटक आउने प्रेरित गर्ने र ट्रान्जिट प्यासेन्जरको खर्च र समय बढाउने उदेश्यले नयाँ नियम ल्याएको हो |अनलाइनखबरमा समाचार छ

- 9:08 PM
- 0 Comments