­
­

India to be ready for war, saying Pakistan and SAARC summit postponed run 1 9

3:50 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
India to be ready for war, saying Pakistan and SAARC summit postponed run 1 9

 छिमेकी मुलुक भारतसँग तनाव बढ्दै गएपछि नोभेम्बरमा राजधानी इस्लामावादमा हुने भनिएको १९ औं सार्क सम्मेलन पाकिस्तानले स्थगित गरेको छ। १९ औं सार्क सम्मेलनको नयाँ मिति चाँडै घोषणा गरिनेछु, पाकिस्तानी विदेश मन्त्रालयले शुक्रवार राति पत्रकार सम्मेलन गरेर भनेको छ, सार्क सम्मेलन स्थगित हुनुको प्रमुख जिम्मेवार भारत रहेको छ ।

कश्मिरको उरीमा १८ सेप्टेम्बरमा आतंकवादी आक्रमणबाट १९ जना सैनिक मारिएपछि भारतले त्यसको दोष पाकिस्तानलाई दिँदै उसले आयोजना गर्ने १९ औं सार्क सम्मेलनमा सहभागी नहुने घोषणा गरेको थियो।

१९ औं सार्क सम्मेलन ९ र १० नोभेम्बरमा पाकिस्तानको राजधानी इस्लामावादमा हुने कार्यक्रम थियो । पाकिस्तानी विदेश मन्त्रालयले आफ्नो विज्ञप्तीमा भारततर्फ लक्षित गर्दै भनेको छ, जब कुनै मुलुक द्विपक्षीय समस्यालाई क्षेत्रीय सहयोग लेनदेन भइरहेको बहुपक्षीय फोरममाथि थोपर्छ भने त्यो सार्कको आचारसंहितको ठाडो उलंघन हो।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ यस शिखर सम्मेलनमा सार्क राष्ट‍्रका नेताहरुको स्वागत गर्न तम्तयार थिए । पाकिस्तानी विदेशमन्त्रालयको विज्ञप्तीमा सार्क सम्मेलनका लागि सबै तयारी पुरा पनि भइसकेको जनाइएको छ । पाकिस्तानी विदेश मन्त्रलायको विज्ञप्तीमा शिखर सम्मेलनलाई भारतले आफ्नो स्वार्थका लागि शिकारु बनाएको आरोप लगाइएको छ।

उरी घटनालाई लिएर गैरजिम्मेवाररुपमा प्रस्तुत हुँदै भारतले सार्क सम्मेलनमा सहभागी नहुने भारतको फैसला कश्मिरमा उसले गरेको ज्यादतीबाट विश्वको ध्यान अन्यत्र मोड्ने असफल प्रयास होु, पाकिस्तानी विदेश  मन्त्रलायले भनेको छ।

पाकिस्तानले चाँडै नै सार्क सम्मेलनको नयाँ मिति तय गरिने पनि जनाएको छ । उरी हमलापछि भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गरेसँगै बंगलादेश, अफगानिस्तान र भुटान पनि उसको पक्षमा उभिएका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

← Previous Story

Next Story →

Meat shop selling unhealthy meat

USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images